Admission Open

ए डिभिजन लिग: मछिन्द्र, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीको जित

लिगको आठौं चरण अन्तर्गत शनिबार भएका खेलमा मछिन्द्र, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी टिमले जित हात पारेका छन् । 

काठमाडौँ, २४ पुस

शहीद स्मारक ए डिभिजन लिगको आठौं चरण अन्तर्गत शनिबार भएका खेलमा मछिन्द्र, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी टिमले जित हात पारेका छन् ।

शनिबार भएको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले फेण्ड्स क्लबलाई १-० ले पराजित गरेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका राेनेल एन्थाेनी पउलले दाेस्राे हाफमा आतमघाती गाेल गरेका थिए ।आतमघाती गाेल सँगै  मछिन्द्रले ३ अंक जाेड्न सफल भयाे ।

जितपछि लिग लिडर मछिन्द्रले ८ खेलबाट २० अंक जाेडेकाे छ ।

उता ८ खेलबाट ३ अंक मात्र रहेकाे फ्रेण्ड्स रेलिगेसन जाेनमा छ ।

 

मनाङ मर्स्याङ्दीको सानदार जित 

 

पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई ५-० ले पराजित गरेको हो। पोखरामा भएको ‘ए’ डिभिजन लिगका तीनवटै खेलमा मनाङले जित हात पारेको छ। पोखरा मनाङको घरेलु मैदान पनि हो ।

मनाङको सानदार जितमा आफिज ओलावालेले  ह्याट्रिक तथा दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले एक – एक गोल गरेका थिए । ओलावालेले ४३औं मिनेटमा एक गोल र दोस्रो हाफको इन्ज्युरी समयमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, सोमिडेले खेलको तेस्रो मिनेटमा तथा दिनेशले ८६ औं मिनेटमा गोल गरेका थिए ।

८ खेलबाट १९ अंक जोड्दै मनाङ दोस्रो स्थानमा यथावत छ ।

उता च्यासल युथ क्लब भने ५ अंकसहित अंकतालिकाको १३ औं स्थानमा छ ।

आर्मीको जित 

आजै भएको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिमलाई १ – 0 गोलले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले पहिलो हाफको १७ औं मिनटमा विजइ गोल गरेको थियो । उनको जितमा दिनेश हेमजनले गोल गरेका थिए । उनले जगजित श्रेष्ठको पासमा हेड मार्फत गोल गरेका थिए ।

८ खेलबाट १४ अंक जोडेको आर्मी अंक तालिकाको चौथो स्थानमा यथावत छ । समान खेल खेलेको संकटा क्लब १४ अंक सहित गोल अन्तरले तेस्रो स्थानमा छ ।

उता न्युरोड टिम ८ खेलबाट १० अंकको साथ अंकतालिकाको ७ औं स्थानमा यथावत छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...