Admission Open

सैनिक अस्पताल पोखरा फूलबारीमा लक्ष्मी बैंकको एटिएम

पोखरा : पोखरा महानगरपालिका वडा ११, फूलबारी स्थित सैनिक अस्पताल गेटमा लक्ष्मी बैंकको एटिएम संचालनमा आएको छ । नेपाली सेनाका प्रा. सहायक रथी डा. भुबन राज कुँवरले पुष २२ गते एटिएमको उद्घाटन गरेका हुन् ।

पोखरा फूलबारीको आवासिय क्षेत्रमा एटिएम सञ्चालन भए पश्चात सो क्षेत्रका ग्राहकलाई सहज हुने विश्वास बैंकको छ । उक्त एटिएम सञ्चालन पश्चात पोखरा उपत्यका भित्र ६ शाखा र ९ एटिएम संजाल पुगेको बैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धरले जानकारी दिए ।

हाल, लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४० शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

टिप्पणिहरु
Loading...