काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले बाँसगढी नगरपालिकालाई ट्रि गार्ड सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि ट्रि गार्ड सहयोग गरेको हो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी १ सय ३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।