Admission Open

‘बुलाकी’ पछि ‘म’ मा नरेन

काठमाडौं : पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन् ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो । कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखिनै सुटिङ थालीएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सिइयो प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ,निशा अधिकारी,सरोज खनाल,सरिता लामीछाने,रुविना थापा,प्रमोद अग्रहरि,निराजन प्रधानलगायतको अभिनय छ । बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् ।

‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।

टिप्पणिहरु
Loading...