Admission Open

७ हजार ६ सय ३१ जनाको परीक्षणमा २१६ संक्रमित, २ जनाको निधन

काठमाडौं, १८ पुस : नेपालमा गएको २४ घण्टाभित्रमा २१६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएअनुसार पीसीआर र एन्टीजेन गरी जम्मा ७ हजा् ६ सय ३१ जनाको परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्‍यु भएको पनि मन्त्रालयलले जनाएको छ । २०९ जना संक्रमित भने संक्रमणमुक्त भई घर फर्किएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या पनि ११ हजार ५९६ पुगेको छ भने ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् । ज

टिप्पणिहरु
Loading...