Admission Open

नेपालमा २४ घण्टाभित्रमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणका कारण ४ को निधन

काठमाडौं, १६ पुस : नेपालमा गएको २४ घण्टामा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी जम्मा ९०८४ जनाको परीक्षणबाट २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।

त्यसैगरी संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको निधन भएको छ भने २१२ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयलले जनाएको छ ।

पुस १६ गते थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म मृत्‍यु हुनेको जम्मा संख्या ११ हजार ५९४ पुगेको छ । त्यस्तै ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

टिप्पणिहरु
Loading...