Admission Open

ad place

ए डिभिजन लिग : लगातार दोस्रो जितनिकाल्दै जावलाखेल तीन स्थान माथि उक्लियो

जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ।

काठमाडौँ, १२ पुस

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई २-० गोलले हराउँदै अंक तालिकामा नवौं स्थानमा उक्लेको छ ।

लिगमा जावलाखेलको यो लगातार दोस्रो जित हो । यसअघि जावलाखेलले च्यासल युथ क्लबलाई १ – 0 गोलले हराएको थियो ।

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने जावलाखेलले दुई गोल गर्न सफल भयो ।

५०औं मिनेटमा विपिन कडेँलको गोलबाट जावलाखेलले खेलमा अग्रता लियो। उनले ओङवाना जुनियरको क्रसमा गोल गरेका थिए ।

यस्तै ७०औं मिनेटमा निकोलस फर्नान्डेजले जावलाखेलको अग्रता दोब्बर पारे। उनले रुप बहादुर लामाको पासमा करीब २५ यार्डबाट गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ।

नवप्रवेशी सातदोबाटोको भने  ६ खेलबाट ८ अंकसहित पाँचौ स्थानमै यथावत छ ।

आजको यो खेलसँगै लिगको छैटौं चरणका खेल सकिएका छन्।

अहिले सम्म मछिन्द्र फुटबल क्लब १४ अंक जोड्दै शीर्ष स्थानमा छ। त्यस्तै, दोस्रो स्थानको मनाङको १३ अंक छ भने संकटा क्लब १२ अंकसहित तेस्रो स्थानमा छ भने  १० अंक सहित त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...