Admission Open

ad place

”मैले त एमसीसी राष्ट्रघाती देखेको छैन”, प्रधानमन्त्री देउवा

काठमाडौं, ११ पुस : माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् ।

‘एमसीसी’ राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौँला र ? म पनि देशभक्त नेपाली हो नि ! देउवाले भने, एमसीसी सहमतिमै आएको छ, राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले प्रचण्डको प्रशंसा गरे । प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधानसभाबाट गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको समेत उल्लेख गरे ।

उनले माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै शुभकामनासमेत दिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...