Admission Open

ad place

माओवादी सम्मेलन उद्घाटनको समय परिवर्तन : घोसित सम्मेलन अव महाधिवेशन 

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आजदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेको छ भने १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सारिएको छ ।
स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरणको निर्णयलाई औपचारिकता दिन पार्टी कार्यालय पेरिसडाँडामा अहिले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ताकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...