काठमाडौँ, ७ मंसिर
आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो। पहिलो खेलमा नेपाल हङकङ्गसँग ६ विकेटले पराजित भएको थियो।
आईसीसी एकेडेमी २ मैदानमा टस जितेर ब्याटिंग गरेको भुटानले २० ओभरमा ६ विकेट क्षेतीमा ६१ रन बनाएको थियो। भुटानको लागि ओपनर नगावांग छोडेनले १३ तथा सोनाम पाल्डोनले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा सिता राना मगरले
नेपालको जितमा सीता रानामगरले १३ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडिन् भने कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट भइन्। इन्दू बर्माले नटआउट २६ रन जोडिन्।
लक्ष्य पछ्याउने क्रममा सिता राना मगर र इन्दु बर्माले ३७ रनको ओपनिंग साझेदारी गरे।
बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट तथा करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट भए।
अब नेपालले तेश्रो खेल कुवेतसंग नोभेम्बर २५ तारिखमा खेल्ने छ। खेल ११:१५ बजे बिहान सुरु हुनेछ।
एसिया छनोटमा नेपालसहित भुटान, हंगकंग, कुवेत, मलेसिया र आयोजक युएई प्रतिस्पर्धा गर्दैछन्। ६ वटा टिमले एकअर्कासंग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।