Admission Open

न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो पहिलो पटक टि-२० विश्वकपको उपाधि

खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकपको उपाधि जितेको छ।

काठमाडौँ, २९ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि-२० विश्वकपको उपाधि जितेको छ।

एकदिवसीय विश्वकपको उपाधि ५ पटक जितेको अस्ट्रेलियाले टि-२० विश्वकपको उपाधि भने पहिलो पटक जितेको हो ।

यसअघि अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७२ रन बनाउँदै अस्ट्रेलियालाई १७३ रनको लक्ष्य पस्किएको थियो ।न्युजिल्यान्डले दिएको उक्त रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा १८.५ ओभरमा पुरा गर्यो।

अस्ट्रेलियाको ब्याटिंगमा मिचेल मार्शले अविजित रहँदै ५० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७७ रन बनाए । त्यस्तै डेभिड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का मद्दतले ५३ रन र ग्लेन म्याक्सवेलले १८ बलमा ४ चौका र १ छक्का मद्दतले अविजित २८ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७२ रन बनाएको थियो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रनको योगदान दिए। उनले ४८ बलमा १० चौका र ३ छक्का हिर्काएका थिए।

ओपनरद्वय मार्टिन गुपटिल २८ रन र ड्यारल मिचेल ११ रनमा आउट भएका थिए। ग्लेन फिलिप्सले १८ रन बनाउँदा जेम्स निशमले नटआउट १३ रन बनाए।

बलिङमा अस्ट्रेलियाका जोश हजलउडले ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चिए।

त्यस्तै न्युजिल्यान्डकालागी  ट्रेन्ट बोल्डले २ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए।

अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टि-ट्वान्टी विश्वकप २०२१ को प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका छन्। प्रतियोगितामा वार्नरले ७ खेलमा ४८.१६ को औशत र १४६.७० को स्ट्राइक रेटले ४ अर्धशतक प्रहार गर्दै २८९ रन बनाए।

टि-२० विश्वकपको विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर पुरस्कार राशि राखेको थियो। उपाधि सहित अस्ट्रेलियाले १६ लाख डलर  हात पार्यो। यस्तै उपविजेता न्युजिल्यान्डले ८ लाख डलर हात पार्यो।

प्रतियोगिताको सेमीफाइनलबाट बाहिरीएका दुई टोलि पाकिस्तान र इंग्ल्यान्डले ४ लाख डलर पाए। यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलिहरुले ७०,हजार डलर पाए।

 

टिप्पणिहरु
Loading...