Admission Open

ad place

टि-२० विश्वकप : अस्ट्रेलियाद्धारा बंगलादेश ८ विकेटले पराजित।

काठमाडौँ, १८ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत बिहिबार भएको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको बंगलादेशले १५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।बंगलादेशको लागि शमिम होसेनले सर्वाधिक १९, मोहम्मद नैमले १७ तथा महमुदुल्लाहले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशले दिएको सामान्य रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा ६.२ ओभरमै भेटायो। अस्ट्रेलियाको लागि आरोन फिंचले २० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ४० रन बनाए । डेभिड वार्नरले १४ बलमा ३ चौका मद्दतले १८ तथा मिचेल मार्शले ५ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १६ रन बनाए।

अस्ट्रेलियाको यो जित बल बाँकी ( ८२ बल बाँकी ) रहेको आधारमा टि-ट्वान्टी विश्वकप इतिहासकै दोश्रो ठूलो जित हो। सबैभन्दा ठूलो जित २०१४ मा श्रीलंकाको नेदरल्याण्ड बिरुद्ध ९० बल बाँकी रहँदैको जित हो।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले ५ विकेट लिए । उनको लागी यो विकेट करियरकै तथा जारी विश्वकपकै उत्कृस्ट प्रदर्शन हो । विकेट लिने क्रममा उनले ४ ओभरमा मात्र १९ रन खर्चिए । त्यस्तै मिचेल स्टार्क र जोश हेजलवुडले समान २-२ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

जाम्पाको स्पेल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियन बलरको दोश्रो उत्कृस्ट स्पेल हो। सबैभन्दा उत्कृस्ट स्पेलको रेकर्ड एस्टन एगर को नाममा छ। उनले ४ ओभरमा ३० रन खर्चदै ६ विकेट लिएका थिए जुन न्युजिल्यान्ड बिरुद्ध यसै वर्ष उक्त रेकर्ड बनाएका थिए।

जितपछि अस्ट्रेलिया समुह ‘१’ अंकतालिकामा ४ खेलमा ३ जित र १ हार पछि ६ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान अंक रहेको दक्षिण अफ्रीका नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ भने बंगलादेश सुपर-१२ चरणको सबै ५ खेलमा पराजित भयो।

नोभेम्बर ६ तारिखमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा इंग्ल्यान्ड र दक्षिण अफ्रीका बीचको खेलले समुह ‘१’ बाट सेमीफाइनल पुग्ने टिम निर्धारण हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...