Admission Open

ad place

टि-२० विश्वकप : भारतको लगातार दोस्रो हार

काठमाडौँ, १५ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत आईतबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा  भारत न्युजिल्यान्डसंग ८ विकेटले पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसंग पराजित न्युजिल्यान्डले भने जितको खाता खोलेको छ।

टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११० रन बनाएको थियो। उसको लागि रभीन्द्र जडेजाले सर्वाधिक २६ रन, हार्दिक पान्ड्याले २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४, रिशभ पन्तले १२, बिराट कोहलीले ९ तथा इशान किशनले ४ रन बनाएका थिए ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर ३३ बल बाँकी रहँदै भेटाएको थियो । न्युजिल्यान्डको ब्याटिंगमा ओपनर डेरेल मिचेलले सर्वाधिक ४९,  कप्तान केन विलियमसनले आविजित ३३,  तथा मार्टिन गप्टिलले २० रन बनाएका थिए । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत बिरुद्ध न्युजिल्यान्डको यो विकेट र बल बाँकी रहेको आधारमा सबैभन्दा ठूलो जित हो।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक ३, इश सोढीले २ , टिम साउदी  र एडम मिल्नेले १-१ विकेट लिएका थिए । त्यस्तै भारतको लागी जस्प्रित बुम्राहले २ विकेट लिएका थिए ।

२ खेलमा १/१ जित हार पछि न्युजिल्यान्ड २ अंक सहित समुह ‘२’ अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान २ अंक सहित नामिबिया नेट रन रेटमा पछि रहँदै चौंथो स्थानमा छ।  दोश्रो हार पछि भारत अंक विहिन रहँदै पाँचौ स्थानमा छ भने स्कटल्याण्ड छैठौं स्थानमा छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...