काठमाडौं : बन्दसत्रस्थलमा एमालेको अध्यक्षमण्डलको बैठक सुरु भएको छ । सफारी रिसोर्टमा ११ घन्टासम्म एमालेको सर्वसम्मत नेतृत्वका लागि छलफल गरिसकेपछि अध्यक्ष केपी शर्मा ओली बन्दसत्रस्थलमा पुगेपछि बैठक सुरु भएको छ । अध्यक्ष ओलीले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न अध्यक्षमण्डलको बैठक बसेको हो ।
