Admission Open

ad place

ओलीका हातमा ३०१ केन्द्रीय सदस्यको सूची, हेरौँ अव केके गर्छन् !

काठमाडौँ, १२ मंसिर : सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्र केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा पाएका नेकपा एमालेका चार नेताले अध्यक्ष केपी शर्मा ओलीलाई ३०१ जनाकाे  नाम बुझाएका छन् ।

बन्दसत्र रोकेर छलफलमा जुटेका ओलीले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका थिए ।

आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले  बताए ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...