Admission Open

ad place

टी-२० विश्वकप क्रिकेट : वेस्ट इण्डिजको पहिलो जित

वेस्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको छ । 

काठमाडौँ, १२ कात्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा वेस्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको छ ।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै बंगलादेशलाई  १४३ रनको टार्गेट पस्किएको थियो ।

वेस्टइन्डिजको लागि निकोलस पुरनले सर्वाधिक ४० रन तथा रोस्टन चेजले ३९ रन बनाएका थिए । कप्तान काईरन पोलार्डले १८ बलमा अविजित १४ रन तथा जेसन होल्डरले ५ बलमा २ छक्का हान्दै अविजित १५ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इण्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर आन्द्रे रसेलले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले १० रन मात्र जोड्न सक्यो ।

बंगलादेशका लिटोन दासले सर्वाधिक ४४ रन बनाए भने कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इण्डिजको लागि रबि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर, आन्द्रे रसेल र अकिल होसेनले समान १-१ विकेट लिए भने बंगलादेशको लागि मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान २-२ विकेट लिए ।

वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसंग ६ विकेटले तथा दोश्रो खेलमा दक्षिण अफ्रीकासंग ८ विकेटले पराजित भएको थियो। सुपर-१२ चरणको पहिलो खेलमा बंगलादेश श्रीलंकासंग ५ विकटले तथा इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...