Admission Open

ad place

मध्य भोटेकोशीको आइपिओ आज बाँडफाँड

२३ लाख ९० हजार आवेदकमध्ये ८ लाख १९ हजारले पाए १० कित्ता

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । प्राथमिक शेयरको नतिजा केहि समय पछि मात्रै थाहा पाउन सकिने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको प्राथमिक शेयर ८ लाख १९ हजारले १०र१० कित्ताको दरले प्राप्त गरेका छन् । त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका हुन् ।

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त अवधिमा २३ लाख ९० हजार भन्दा धेरैले तीन करोड कित्ता भन्दा धेरैका लागि आवेदन दिएका थिए । जम्मा आवेदक मध्ये ९५ हजार भन्दा धेरैको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...