२०७८ कार्तिक ८ गते, सोमबारको राशिफल
(चन्द्रमा वृष राशिमा)
ज्योतिष श्री देवराज बास्तोला (सम्पर्क नं. ९८४२९३२५९९)
मेष
(चु,चे,चो,ला,लि,लु,ले,लो,आ) मेष राशि हुनेहरुका लागि आजको दिन मध्यम रहेको छ । बोलीको प्रभावले धन लाभको अवसर मिल्ने देखिन्छ । मन प्रशन्न रहने छ । व्यापारी वर्गका लागि आर्थिक लाभको अवसर प्राप्त होला । नोकरी गर्नेहरुका लागि पदोन्नतीको सम्भावना रहेको छ । सुखद समाचार सुन्न पाईएला ।
वृष
(ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) बृष राशि हुनेहरुका लागि आजको आजको दिन राम्रो रहने छ । स्वास्थ्य लाभ प्राप्त हुनेछ । मन प्रशन्न रहने छ । शुभ समाचार प्राप्त होला । विध्यार्थीहरुका लागि पढाईमा रुची बढ्ने छ । व्यापारी वर्गका लागि आर्थिक लाभ हुने अवसर मिल्छ । नोकरी गर्नेहरुका लागि काममा सहजता मिल्नेछ, कार्य सफल हुनेछ ।
मिथुन
(क,कि,कु,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरुका लागि आजको दिन त्यति राम्रो देखिदैन । खर्च हुने योग रहेको छ । लगानी गर्दा सतर्कता अपनाउनुहोला । आफ्नो मन परेको सामान गुम्न वा हराउन सक्छ । विध्यार्थीहरुका लागि पढाईमा बाधा अवरोध आउन सक्छ । व्यापारी वर्गका लागि आर्थिक घाटा हुने योग रहेको छ । नोकरी गर्नेका लागि अपजस पाइएला ।
कर्कट
(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) कर्कट राशि हुनेहरुका लागि आजको दिन उत्तम रहेको छ । अर्थिक लाभ हुनेछ, मनमा प्रशन्नता रहनेछ । मान सम्मान प्राप्त हुन योग छ । विध्यार्थीहरुको लागि अध्यनमा रुचि बढ्नेछ । ब्यापारी वर्गहरुका लागि आर्थिक लाभ हुनेछ । नोकरी गर्नेहरुको लागि मान, सम्मान र पदोन्नतीको अवसर रहने छ ।
सिंह
(मा,मी,मु,मे,मो,टा,टि,टु,टे) सिंह राशि हुनेहरुका लागि आजको दिन मध्यम रहेको छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । कार्यक्षेत्रमा सफलता मिल्नेछ, नोकरिको अवसर प्राप्त हुनेछ । विध्यार्थीहरुका लागि पढाईमा विषेश अवसर प्राप्त हुने योग रहेको छ । व्यापारी वर्गको लागि आर्थिक उन्नति, प्रगति हुने्रो देखिन्छ । आर्थिक उन्नतिका लागि राम्रो अवसर प्राप्त होला । नोकरी गर्नेहरुको लागि काममा सहजता हुने योग रहेको छ ।
कन्या
(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरुका लागि आजको दिन मध्यम रहेको छ । भाग्योदय हुनेछ, अचानक धन लाभ हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ, विध्यार्थीहरुका लागि अध्ययनमा सहजता प्राप्त हुनेछ । व्यापारी वर्गको लागि आर्थिक सुधार हुने योग रहेको देखिन्छ । नोकरी गर्नेहरुका लागि काममा सहजता प्राप्त हुनेछ ।
तुला
(रा,री,रु,रे,रो,ता,ती,तु,ते) तुला राशि हुनेहरुका लागि आजको दिन राम्रो देखिदैन । घाउ चोट लाग्न सक्छ, दुर्घटना हुने सम्भावना भएकोले सावधानी अपनाउनुहोला । गरेका कामवाट अपजस पाईएला, आफन्त संग टाढीनु पर्नाले मन खिन्न रहनेछ । विध्यार्थीहरुका लागि पढाईमा बाधा अवरोध सिर्जना हुन सक्छ, व्यापारी वर्गको लागि आर्थिक अवनती हुने योग रहेको छ । नोकरी गर्नेहरुको लागि आफन्त संग बादविवाद हुने देखिन्छ, संयमता अपनाउनुहोला ।
वृश्चीक
(तो,नाा,नी,नु,ने,नो,या,यि,यु) वृश्चीक राशि हुनेहरुका लागि आजको दिन मध्यम रहेको छ । धन लगानी गर्दा, आर्थिक लेनदेन गर्दा सावधानी अपनाउनुहोला । महिलाहरु संगको लेनदेनमा नोक्सानी बेहोर्नु पर्ला, वाधा अवरोध पर्ने सम्भावना रहेको छ । विध्यार्थीहरुका लागि पढाईमा रुची बढ्ने देखिन्छ । व्यापारी वर्गको लागि आर्थिक अवस्था सामान्य रहनेछ । नोकरी गर्नेहरुको लागि विपरित लिंगीसंग वादविवाद पर्न सक्छ संयमता अपनाउनुहोला ।
धनु
(य,यो,भा,भी,भु,धा,फा,ढा,भे) धनु राशि हुनेहरुका लागि आजको दिन उत्तम रहेको छ । स्वास्थ लाभ मिल्नेछ, मनमा उत्साह बढ्न्छ । सामाजिक काममा सहभागी हुने अवसर प्राप्त हुनेछ । विध्यार्थीहरुको पढाईमा प्रगति होला । व्यापारी वर्गका लागि आर्थिक लाभ मिल्नेछ । नोकरी गर्नेहरुका लागि पदोन्नती हुने, धन लाभ हुने अवसर मिल्ने छ ।
मकर
(भो,जा,जी,खि,खु,खे,खो,गा,गी) मकर राशि हुनेहरुको लागि आजको दिन मध्यम रहेको छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । आफन्तजन र सन्तानबाट प्रशन्नता प्राप्त हुनेछ । विध्यार्थीहरुका लागि पढाईमा रुची बढ्ने देखिन्छ । व्यापारी वर्गका लागि अचानक धन लाभ हुनेछ । नोकरी गर्नेहरुका लागि भ्रमणको अवसर प्राप्त होला, शुभ समाचार सुन्न पाईएला ।
कुम्भ
(गु,गे,गो,सा,शि,शु,से,सो,दा) कुम्भ राशि हुनेहरुका लागि आजको दिन राम्रो देखिदैन, आफन्तजनसँग वादविवाद पर्न सक्छ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा संंयमता अपनाउनुहोला । विध्यार्थीहरुका लागि पढाईमा वाधा अवरोध आउन सक्छ । व्यापारी वर्गका लागि आर्थिक हानी व्यहोर्नु पर्ला । नोकरी गर्नेहरुका लागि अपजस, अपमान सहनुपर्ला ।
मिन
(दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) मिन राशि हुनेहरुका लागि आजको दिन उत्तम रहेको छ, ईष्ट मित्र आफन्तजनबाट विशेष साथ सहयोग प्राप्त हुनेछ, टाढिएका आफन्त, मित्रहरु नजिक हुनेछन्, धन लाभ हुने अवसर प्राप्त हुनेछ । विध्यार्थीहरुका लागि अध्ययनमा सफलता मिल्नेछ । व्यापारी वर्गको लागि आर्थिक वद्धि हुने, धन लाभ हुने अवसर रहेको छ । नोकरी गर्नेहरुका लागि आर्थिक सुविधा प्राप्त हुने, काममा सहजता हुने छ ।
राशीफल जे जस्तो भएपनि तपाईँको दिन शुभ रहोस् ।
जस्तोसुकै ज्यातिशीय परामर्शका लागि हामीलाई सम्झनुहोस्
सम्पर्क ज्योतिष श्री देवराज बास्तोला
सम्पर्क नं. ९८४२९३२५९९