Admission Open

ad place

घाइते प्लम्बरलाई मंगलम इन्डष्ट्रिजको रु ५० हजार उपचार खर्च सहयोग

काठमाडौं : सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिज प्रा. ली. ले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ ।
विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भाद्र ११ गते काम गरि रहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गरिएको हो ।
मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री अभिनव चुरिवालज्यूले यस घटना बारे भन्नुभयोे, “हाम्रा कर्मचारीहरू हाम्रा लागि गर्वको पात्र तथा कम्पनीको शक्ति हुन् ।मंगलम पाइप्सभनेको आफ्ना कर्मचारी र प्ल्मबरहरुलाई आफूले सकेको सेवाप्रदान गरी उनीहरुलाई दुःख परेको बेलामा सधै सहयोगको हात अघि बढाउने कम्पनीहो । उहाँले थपभन्नुभयो , विभिन्नकठिन अवस्थामा पनि आफ्नो सेवा प्रदानगर्दै आइरहेका हाम्रो कर्मचारीहरुको प्रयासलाई हामी व्यर्थ जान दिँदैनौं किनकि उनीहरुलाई दुःख परेको बेला साथ दिएमात्रै सम्पूर्ण कम्पनीको भलो हुन्छ । चौधरी जस्ता आफ्नो कामदारहरुलाई सेवा प्रदान गर्न पाउँदा हामीलाई निकै गर्व महसुस हुन्छ र आगामी दिनमा पनि हामी हाम्रा कर्मचारीहरुलाई यसरी नै आफुले सकेको सहयोग गर्नेछौँ।
साथै उनले मंगलम इन्डष्ट्रिज प्रा.ली.सामाजिक उत्तरदायित्व निर्वाह र वातावरण संरक्षणमा पनि सदैव क्रियाशिल रहने बताए ।
मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप फिटिङ्स उत्पादक तथा पोलिमर पाइपिङको अग्रणी उत्पादक तथा निर्यातकर्ता कम्पनी हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...