Admission Open

ad place

साफपछि अब्दुल्लाहले राजीनामा दिने घाेषणा

उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

काठमाडौं, २७ असोज

नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् ।

साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले  खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

उनको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक  ऐतिहासिक सफलता हात पारेको छ ।  फाइनल पुग्न एक अंक आवश्यक्ता रहेको अवस्थामा बंगलादेशलाई अन्तिम समय बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको इतिहासमा २८ बर्षपछि फाइनल पुग्न सफल भएको हो ।

यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका थिए  । पछिल्लो समय एन्फा विबादमा मुछिएका अब्दुल्लाहले बारम्बार मुख्य प्रशिक्षक जिम्मेवारीबाट हट्ने बताउँदै आएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...