
काठमाडौं : चलचित्र जन्म जन्मको पिरती बस्यो…गीत एक साता निकै लोकप्रिय थियो । त्यो गीतलाई अहिले पनि त्यत्तिकै रुचाईन्छ । भारतीय गायिका साधना सगरगमले गाएको यो गीतलाई यतीबेला फेरी अन्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याईएको छ । सितल नेपालले लेखेको यो गीतमा शुभ बहादुर सुनामले संगीत गरेका हुन् ।