Admission Open

ad place

पोखरासँग हार बेहोरेको काठमाडौंले प्लेअफमा पुग्न अन्तिम खेल जित्नै पर्ने

भोलि काठमाडौंको अन्तिम खेल भैरहवा ग्लार्डिएटर्ससँग

केशब आचार्य,

काठमाडौं, १८ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत सोमबार भएको दोस्रो खेलमा

पोखरा राइनोजले काठमाडौं किंग्स ११ लाई १४ रनले हराएको छ (डिएल मेथड अनुसार)। यो हार सँगै काठमाडौंलाई अन्तिम खेल जित्ने पर्ने भएको छ। भोलि काठमाडौंको अन्तिम खेल भैरहवा ग्लार्डिएटर्ससँग छ ।

टियु मैदानमा  टस हारेर ब्याटिंगको निम्तो पाएको काठमाडौंले निर्धारित ओभरमा १८२ रन बनाएको थियो । काठमाडौंको  लागी रयान बर्ल र अमित श्रेष्ठले अर्धसतकको योगदान दिएका थिए भने आक्रमक ब्याटिंग गरेका  क्याप्टेन सन्दीप  लामिछानेले ११ बलमा २ चौक्का र ३ छक्काको मद्दतमा ३१ रनको योगदान गरेका थिए । त्यस्तै रहमानुल्लाह गुरबाज १२, सुबाश खकुरेल २, अशान प्रियंजन ५ , अमर रौतेला ७ र गुल्सन झा अविजित रहदै १ रनको योगदान दिएका थिए ।

काठमाडौंले दिएको १८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाउँदा खेल वर्षाले अवरुद्ध भएको थियो। त्यसपछि खेल सम्भव नहुँदा पोखराले डिएल मेथडमा १४ रनले जितेको हो । पोखराका लागि विवेकले नटआउट ४१ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। लोकेश बम पनि १८ रन बनाएर खेलिरहेको अवस्था थियो।

पोखराको लागी विवेक यादवले एक ओभरमा सर्वाधिक ३ विकेट लिएका थिए भने बिक्रम सोब, नन्दन यादव, किशोरे महतो र सहन आर्च्चिगेले समान १ -१ विकेट लिएका थिए ।

इपिएलमा ५ खेलबाट ८ अंक जोडेको चितवन तालिकाको  शीर्ष स्थान छ भने  पोखरा ७ अंक सहित दोस्रो स्थानमा पुगेको  छ। तेस्रो स्थानको भैरहवाले ६ अंक जोडेको छ। चौथो स्थानको ललितपुरको ३ अंक र पाँचौ स्थानको काठमाडौंको २ अंक छ। अन्तिम खेलमा काठमाडौं पराजित भए ललितपुर प्लेअफमा पुग्नेछ। काठमाडौं विजयी भए भैहरवासँगै प्लेअफ खेल्नेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...