केशब आचार्य,
काठमाडौं, १७ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत आइतबार विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बिचको खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गरेको छ । पाचौं खेलमा बिराटनगरको लागी भने यो पहिलो जित हो ।
वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनको योगफल बनाेएको थियो।
विराटनगरको जितका लागि अनिल शाहले १६ बल खेल्दै सर्वाधिक ४५ रनको योगदान गरेका थिए । यस्तै रायन पठानले ३०, कप्तान करण केसीले १५ रनको योगदान गरेका थिए । सौरभ खनालले ५, सिकन्दर राज्जाले ४, आशिफ शेखले २ र डिलसशनले एक १ रन जोडेका थिए ।