केशब आचार्य,
काठमाडौं, १६ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत शनिबार पोखरा राइनोज र विराटनगर वारियर्सबीचको खेलमा विराटनगर वारियर्स ७ विकेटले हारेको छ ।
टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले पाँच विकेट गुमाउँदै निर्धारित ओभरमा १७३ रनको टार्गेट दिएको थियो । बिराटनगरकोलागी आसिफ शेखले सर्वाधिक ४४ रनको योगदान गरेका थिए भने आक्रमक ब्याटिंग गरेका क्याप्टेन करण के. सी अविजित रहदै ९ बलमा ३ छक्काको मद्दतमा २४ रन बनाएका थिए । त्यस्तै सिकंदर राजा २९ , सन्दीप राजाली अविजित २८ , दिलशान मुनावीरा १६ र अनिल साहले १२ रनको योगदान दिएका थिए भने ओपनिंगमा आएका चन्द्रपाल हेमराज २ रन ल्याउँदै पवेलियन फर्किएका थिए ।
पोखरालाई जिताउँन असेला गुणरत्नेले २४ बलमा चार चौका र ३ छक्काको मद्दतमा अविजित रहदै सर्वाधिक ५० रनको योगदान गरेका थिए । त्यस्तै रिचर्ड लेवी ४७ , रित गौतम ५ , साहन अराच्छिगे ४३ र विनोद भण्डारीले अविजित रहदै १५ रनको योगदान गरेका थिए ।
पोखराको लागी बिक्रम सोबले २ तथा नन्दन यादव , बिबेक यादव र साहन आराच्छिगेले समान १ -१ विकेट लिएका थिए ।
बिराटनगको लागी भने प्रित जीसी , सिकंदर राजा र हरि चौहानले समान १-१ विकेट लिएका थिए ।
लगातार चौथो हार बेहोरेको बिराटनगर पोइन्ट टेबलको सबै भन्दा पुछारमा छ ।