Admission Open

ad place

डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई हराउँदै साफमा नेपालको विजयी सुरूआत

यो जितसंगै नेपालले साफ च्याम्पियनसिपमा इतिहास रचेको छ । 

केशब आचार्य ,

काठमाडौं, १६ असोज : शुक्रबार राति बाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत रहेको माल्दिभ्सलाई १-० गोलले पराजित गरेको छ । नेपाली समयअनुसार राति ९:४५ बजे सुरु भएको खेलमा नेपालको लागी सब्सिच्युट खेलाडी मनिष डाँगीले निर्णायक गोल गरेका थिए । उनले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए। डाँगी खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए। विशाल राईको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई १-0 को अग्रता दिलाएका थिए ।

सुरुवातदेखिनै नेपालमाथि हाबी भएको माल्दिभ्सले ७६ र ७९ मिनेटमा अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो। त्यस्तै नेपालको लागी  पहिलो हाफमा नवयुग श्रेष्ठले डिबक्समा अवसर पाए पनि उनले फितलो प्रहार गरेका थिए। जसका कारण माल्दिभ्सका गोलकिपरले सजिलै बललाई नियन्त्रणमा लिएका  थिए।

यो जितसंगै नेपालले साफ च्याम्पियनसिपमा इतिहास रचेको छ ।

साफमा नेपाल र माल्दिभ्सको फुटबल इतिहास 

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा यहि माल्दिभ्सँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्‍चित भएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको इतिहासमा यो प्रतिद्वन्द्वीलाई हराउन सकेको थिएन। नेपालले अहिलेसम्म माल्दिभ्सको सातपल्ट सामना गरेको थियो , त्यसमध्ये दुई खेलमा मात्र बराबरी नतिजा निकालेको थियो, बाँकी ५ खेलमा पराजित भएको थियो  ।

यसअघि शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान र भुटान भने यसपालि माल्दिभ्समा हुने छैनन् ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

अब नेपालले असोज १८ गते राति ९:४५ बजे श्रीलंकासँग भिड्दै छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...