केशब आचार्य
काठमाडौं, १५ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत शुक्रबार भएको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । यो जित सँगै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२६ रन बनाएको थियो । ललितपुरको लागी सान्दुन र कप्तान कुशल भुर्तेलले ओपनिङ गरेको थिए । ललितपुरका लागि सान्दुन विराक्कोडीले सर्रवाधिका ७३ र अज्मतुल्लाह ओजराजीले ५८ (अविजित) रन बनाएका थिए । आक्रमक ब्याटिंग गरेका कुसल भुर्तेल ३२ रनमै पभेलियन फर्किएका थिए । त्यस्तै योगेन्द्र सिंग कार्कीले २७ , पवन सर्राफले २ , जयकिशन कोल्सवालाले १३ र नारायण जोशीले अविजित १८ रनको योगदान गरेका थिए ।
२२७ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८९ रन मात्रै बनाएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा बिराटनगरको शुरुवात भने मध्यम रहेको थियो । बिराटनगरको लागी दिल्शन मुनावीराले सर्वाधिक ५९ रनको योगदान दिएका थिए । त्यस्तै आसिफ शेल्ख ३७ , चन्द्रपौल हेमराज २८ , सिक्कंदर राजा २४ , अनिल सह ८ , क्याप्टेन करण के. शि ४ , सौरव खनाल 0 , सुमित महर्जन २ , बसन्त रेग्मी ९ ( अविजित ) र प्रतिष जी. सीले ४ रन बनाएका थिए ।
विराटनगरका लागि करण केसीले २ विकेट लिँदा सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनवेराले एक एक विकेट लिए ।
ललितपुलाई जिताउन अज्मतुल्लाह ओमार्जैले ४, ललित राजबंशी २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिएका थिए ।