Admission Open

ad place

सुदुरपश्चिममा एकीकृत समाजवादीका दुई मन्त्री नियुक्त

सुदूरपश्चिम : नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सुदुरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियक्त भएका छन् ।

नव नियुक्त मन्त्री तारालामा तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ गराए लगत्तै दुवैले मन्त्रालय पुगेर पदभार सम्हालेका छन् । तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद रहेका छन् ।

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । मन्त्री तामा र बोहोरा दुबै नेकपा(एकीकृत समाजवादी) पार्टीमा आवद्ध भएका छन् । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...