Admission Open

ad place

यथास्थितिमा एमसीसी स्वीकार हुँदैन, हाम्रा शर्त छन्: नेपाल

काठमाडाैं : नेकपा एकीकृत समाजवादीले पार्टीकाे केन्द्रीय कार्यालय आज (शुक्रबार) बिहान उद्घाटन गरेकाे छ ।

अध्यक्ष माधवकुमार नेपालले आज बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेकाे पार्टीकाे कार्यालय शुभारम्भ गरेका हुन् ।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।

पार्टी कार्याय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताउँदै जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि जानकारी दिए ।

‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन । देश र जनताप्रति समर्पित हुने हो । यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...