काठमाडौ : साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता आईपिओ निश्काशन गर्ने भएको छ । कम्पनीले ७० लाख कित्तामध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामुहिक लगानीकर्ताका लागि छुट्याएपछि बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला गर्न लागेको हो । उक्त आईपिओमा सर्वसाधारणले निम्नतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन गर्न पाउने छन् । त्यस्तै असोज ६ गतेदखि १० गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले निश्काशन गर्न लागेको आईपिओलाई ईक्रा नेपालले ईक्राएनपी आईआर डबल बि प्लस रेटिंग प्रदान गरेको छ । यसले कम्पनीको स्थिति मध्यम रहेको जनाउँछ ।