Admission Open

ad place

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन सार्वजनिक

[ तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार ]

काठमाडौं, २३ भदौ : २०७८ सालको दशैं छेका आयोजना गरिने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गायन, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । अवार्डको आयोजना क्वालिटी फिल्मस् प्रा.लिले गर्न लागेको हो । क्वालिटी फिल्म्सका अध्यक्ष तथा अवार्डका आयोजक उमेश गुरुङले दोश्रो कोरोना लहरको महामारीपछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र बजारलाई चलाएमान बनाउन, श्रष्टालाई सम्मानसँगै गुणस्तीय सृजनालाई पुरस्कृत गर्न यो अवार्ड आयोजना गरिँदैछ ।

यो अवार्ड अहिले गीत संगीतअन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा प्रदान गर्न लागिएको हो । यिनै विधामा अहिले मनोनयन सार्वजनिक गरिएको छ । यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सुची क्वालिटी फिल्मले बुधबार सार्वजनिक गरेको छ । मनोनयनमा परेकाहरुलाई यही शुक्रबार २५ भदौमा राजधानीको बिजुली बजारस्थित कार्निभल पार्टी भेन्युमा विहान ११ बजे मनोनयनको प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयन सुची सार्वजनिक गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

क्वालिटी इन्टरटेनमेन्टले यो वर्ष अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । यस्तै पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा पनि गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...