Admission Open

दमौलीमा यामाहाको नयाँ शोरुम

दमौली : यामाहाको नयाँ शोरुम तनहुँको दमौलीमा सञ्चालनमा आएको छ । यामाहाको नयाँ शोरुम केजी अटोमोबाइल्स प्रा.लि.को शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

कलाकार सन्तोष पन्त र आमाहाको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् । शोरुमसँगै एफ आइ स्टेसनसहितको अत्याधुनिक सुविधासम्पन्न सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको छ ।

बिक्री पछिको सेवालाई प्राथमिकता दिदै यामाहा बिक्री गर्ने केजी अटोमोबाइल्स प्रा.लि.का प्रोपाइटर कमल गिरीले बताए । ‘यामाहाको मोटरसाइकल तथा स्कुटर तनहुँ क्षेत्रमा लोकप्रिय छ,’ उनले भने, ‘आगामी दिनमा यामाहाको बिक्री अझै बढ्ने विश्वास लिएका छौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...