Admission Open

नेपाली बजारमा ‘द बेष्ट’ शौर्य सिमेन्ट

काठमाडौं : निकै नै प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफुलाई प्रस्तुत गरेको छ । सिमेन्टको उत्पादन माग बमोजिम नै भइ रहेता पनि मुल्य र गुणस्तरमा असमानान्तर भिन्नताका कारण ग्राहकले गुणस्तरीय सिमेन्टप्रति लगाव देखाई रहेको अहिलेको नेपाली सिमेन्ट बजारमा उच्चस्तरिय कच्चा पदार्थ संगै पछिल्लो जमानाको सर्वाेत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले बलियो प्रस्तुति जनाउँदै बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको हो ।

सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिज ओपिसि, पिपिसि, पिएस्सि र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन गर्दछ जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७ हजार बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको छ । यस चुनढुङ्गामा एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ । यसलाई उत्खनन् गरि  4th Generation Separator को सहायतामा सर्वाेकृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिन्छ ।

प्रविधिको कुरा गर्नु पर्दा शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र alkali reduction प्रविधि जडित प्रक्रिया रहेको छ जहाँ Alkali Bypass System को प्रयोग भएका कारण सिमेन्टमा Alkali मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थाइत्व कायम रहन्छ यसैगरी यसले ग्राइण्डिङ्ग प्रक्रियामा Vertical Roller Machine (VRM) प्रयोग गर्दछ जुन सबै भन्दा उन्नत र उर्जा बचत गर्ने प्रविधि रहेको छ ।
साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेको छ जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित Robotic Arm ले गुणस्तरका एकरुपता कायम गरि उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्धत गर्दछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिज नेपालको यस्तो सिमेन्ट कम्पनी जहाँ परम्परागत बोरको तुलनामा Ultra Sonic Sealing System को माध्यमबाट Laser Seal Packaging गरि ल्यामिनेट गरिएको पानी तथा आद्र्रता प्रतिरोधात्मक बोरको प्रयोग गरिन्छ जसबाट बिना कुनै चुहावट, बोराहरु सार्न र लोड अनलोड गर्न एकदमै सजिलो हुनाको साथै सिमेन्टको गुणस्त लामो समयसम्म कायम रहि रहन्छ ।

यस सिमेन्ट इण्डष्ट्रिजको बजारको बारे कुरा गर्न पर्दा यसको लक्ष्य मुलुकको ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा सुविधा पुर्याउने रहेको छ जुन अहिले विस्ताको क्रममा रहेको छ । हाल यसको पहुँच देशका प्रमुख शहरहरुसम्म पुगिसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...