Organ Donation

Organ Donation

Election Commssion Nepal

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय उद्घाटन

सप्तरी, १५ भदौ : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन गर्नुभयो ।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सिंहले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान तथा विभेदबाट उन्मुक्तिको अभियानमा अविचलित भई लोसपाको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । सङ्घीय सांसद रहनुभएका चौधरीले मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खसलगायत परेका सबैको उत्थान र उन्मुक्तिको लागि लोकतान्त्रिक समाजवादी पार्टी मात्र रहेको बताउनुभयो ।

राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण बलियो हुँदै सबै क्षेत्र र उत्पीडित वर्गको हित गर्ने विश्वास व्यक्त गर्नुभयो । लोसपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले पार्टीको प्रगतिशील अभियानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...