Admission Open

तीजको मुखैमा मौलिक गीत फूलै फूल्यो तिउरी

काठमाडौँ  : नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलिक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्षदेखि नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलिज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानलमार्फत गीत रीलिज गरिएको छ । शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योतिप्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् ।

गीतलाई प्रसिद्ध मौलिक गायिका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन् । गीतको मिक्सिङ भने मनोज परियारले गरेका छन् ।

[ हेर्नुहोस् भिडियो ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...