Admission Open

बल्खुमा यामाहाको नयाँ शोरुम

काठमाडौं : यामाहाको सुविधा सम्पन्न थ्रिएस शोरुम बल्खुमा खुलेको छ । यामाहाको आधिकारिक बिक्रेता रिसिक अटोमोबाइल्स प्रा।लि।को तेस्रो शोरुम बल्खुमा खुलेको हो । भदौ १४ गते सोमबार कृष्ण अष्टमीको दिन शोरुमको उद्घाटन गरिएको हो ।

एमएमडब्लु ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक एवं सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

यस अगाडि रिसिक अटोमोबाइल्सले २०६२ मा कुमारीपाटीबाट यामाहाको पहिलो शोरुम सञ्चालनमा ल्याएको थियो । दोस्रो शोरुम २०७५ मा ग्वार्कोमा सञ्चालनमा आएको थियो ।

बल्खुमा खुलेको शोरुम अत्याधुनिक सुविधा सम्पन्न रहेको रिसिक अटोमोबाइलका प्रवन्ध निर्देशक मीलनबाबु मल्लले आर्थिक आवाजलाई जानकारी दिए । शोरुममा महाविर पुनले बनाएको अटोमोटिक वासिङ प्लान्ट राखिएको छ । मोटरसाइकल डाइनोसिस गर्ने सिस्टम ‘एफआई स्टेसन’ राखिएको छ । ‘एफआई स्टेसनमा मोटरसाइकल तथा स्कुटर राखेर बिग्रिएका पार्टसहरु पत्ता लगाउँछौं,’ मल्लले भने, ‘उक्त रिपोर्ट प्रिन्ट गरेर ग्राहकलाई बुझाउँछौं ।’

शोरुममा अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरसमेत बनाइएको छ । जुन सर्भिस सेन्टर टु ह्विलर्सको क्षेत्रमा नेपालमै उत्कृष्ट रहेको मल्ल बताउँछौं । ‘हामीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै आइरहेका छौैं,’ मल्लले भने ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...