Admission Open

ad place

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ : पार्टी विभाजनपछि पहिलो पल्ट नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने र बैठकले यस अघि स्थायी समितिले गरेका निर्णयहरुको अनुमोदन गर्नुका साथै पार्टी विभाजनको समिक्षा समेत गर्ने बताईएको छ ।

एमालेबाट बिद्रोह गरी माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि बाँकी जिम्मेवारी विभाजन, पुरानो जिम्मेवारी सहित नेताहरुलाई सक्रिय गराउने र आगामी मंसीरमा गर्ने महाधिवेशनको तयारी गर्ने विषयमा छलफल हुने बताइएको छ ।

आज बैठकले पार्टी छाडेर गएकाहरुलाई कार्बाही गर्ने तयारी समेत भएको छ । बैठकमा मुख्यतस् एमाले छाड्न चाहेका तर एकीकृत समाजवादीका सनाखत गर्न नपाएका नेतालाई कारबाही, पार्टीको अबको रणनीति, फुटको असरलगायतका विषयमा छलफल हुने बताइएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...