मोरङ : नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रदेश १ संसदीय दलले बिहिबार बिहान ९ बजे संसदीय दलको वैठक आव्हान गरेको छ।
बैठकमा हालका मुख्यमन्त्री शेरधन राईलाई हटाएर नेकपा एमाले मोरङका सचिव भीम आचार्यलाई ल्याउने तयारी गरिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार वर्तमान मुख्यमन्त्री शेरधन राईलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई ल्याउने तयारी गरिएको हो ।
नेकपा एमाले संसदीय दलको बैठकमा राईले राजीनामा दिएपछि आचार्यलाई संसदीय दलको नेता बनाइने र आज नै मुख्यमन्त्रीमा शपथग्रहण गराउने प्रयास हुने आचार्य निकट एक नेताले बताए ।