Admission Open

ad place

“बजाज खुसी को ३ डोज” बजाजको दसैं योजना शुरु

काठमाडौँ : दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज” योजना सार्वजनिक गरेको छ ।
बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं चाडको यो महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्दछ ।
बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेश गर्दै आइरहेको छ । यो दसैं चाडको अवसरमा बजाजले बजारमा “बजाज खुसी को ३ डोज” अभियान ल्याएको हो । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,, किन्ने बखत्मा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १०,०००÷– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १,००,०००÷– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनैपनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००÷– को नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री शेखर गोल्छाले भन्नुभयो, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुसी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागि समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...