Admission Open

ओलम्पिक कमिटि खेलाडीको भन्दा पनि सिमित ब्यक्तिको भयो : रमेश पौडेल

पोखरा, ६ भदौ : नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले नेपाल ओलम्पिक कमिटि खेलाडी लागि भन्दा पनि सिमित ब्यक्तिको बनेको आरोप लगाउनु भएको छ । नेपाल खेलकुद महांसघ पोखरा महानगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो,‘ओलम्पिक कमिटि जीवनराम श्रेष्ठको बन्यो । खेलाडीको बनेन् । खेलाडीहरु प्रशिक्षण गर्छन तर ओलम्पिकमा पदैनन् ।’

अध्यक्ष पौडेलले हालै जापानमा सम्पन्न ओलम्पिकमा खेलाडी भन्दा अफिसियल धेरै पुगेको भन्दै यस्तो ब्यथितिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिनौ प्रशिक्षण गरेका खेलाडी जान नपाउने अवस्थाले खेलाडीको मनोबल कमजोर हुने भएकाले पहिल्यै खेलाडीलाई भन्नुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले खेलकुदमा राज्यले लगानी गर्न नसकेको बताउदै भन्नुभयो,‘विशेष सोच्नुपर्छ । पाँच प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । सुवात एक प्रतिशतबाट गरौँ ।’ उहाँले खेलाडीलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउदै अफिसियको भन्दा खेलाडीको भत्ता बढि हुनुपर्ने समेत बताउनुभयो ।

खेलाडीलाई भन्दा अफिसियललाई भत्ता बढि किन ? प्रश्न गदै उहाँले भन्नुभयो, ‘अव पोखरामा आयोजना हुने नवौ राष्टिय खेलकुदमा खेलाडीलाई पाँच हजार भत्ताको व्यवस्था गर्नुपर्छ । खेलाडीलाई मुल ठाँउमा राखेर सोचौँ नत्र खेलकुदको विकास सम्भव छैन् ।’ उहाँले खेलकुद महासंघले खेलाडीलाई निश्चित समयसिमा तोकेर पेन्सनको व्यवस्था, खेलकुद विश्वविद्यालय, खेलाडीलाई रोजगारीको व्यवस्था हुुनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्ने समेत बताउनुभयो । ‘अव महासंघ झण्डा, ब्यानर र कार्यालयमा सिमित हुदैन उहाँले भन्नुभयो,खेलकुद क्षेत्रको विकास, बेथितिको अन्त्य र खेलाडीको पक्षमा काम गर्छ ।’ पत्रकार सम्मेलन खेलकुद महासंघ महानगर अध्यक्ष खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको थियो भने सञ्चालन राजन सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...