Admission Open

‘बाटुली’मा छुच्ची सासु बनिन् मौसमी मल्ल

काठमाडौँ : नयाँ पारिवारिक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो ।
सञ्चारकर्मी गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ वर्ष पूरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दाअघि नेपाली गाउँसमाजमा सासु र बुहारीबीच हुने बिभेदलाई टेलिश्रृंखलामा हेर्न सकिने निर्देशक गोपिकृष्णले जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘पछिल्लो समय नेपालमा धेरै टेलिश्रृंखला निर्माण भइरहेको समयमा हामीले पूरानो कथालाई उठान गरेका छौं ।’ टेलिश्रृंखलाको कथा पनि गोपिकृष्णले लेख्नुभएको हो ।
टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पूर्व (नवलपुर)मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको हो । सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ ।
टेलिश्रृंखला ‘बाटुली’मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा हुनुहुन्छ भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाउनु भएको छ । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखला ‘बाटुली’मा शारधा पौडेलको श्रृंगार रहेको छ भने विरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिश्रृंखला ‘बाटुली’मा निरज पन्थिको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।

[ लिंक हेर्नुहोस् ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...