Admission Open

चर्चा बटुल्दै “झिम झिम परेली”


काठमाडौँ : गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन ।

लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्माण गरिएको छ ।  भिडियोमा केशव भट्टराई र मेनुका माझीले सान्धर्भीक अभिनय गरेका छन । सागर पौडेल तथा टिमको छायाँकनमा रबिन तामाङ्गको नृत्य,सागर पौडेलको कलर तथा सम्पादनमा ज्ञानेन्द्र कोइरालाको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार भएको हो । भिडियोलाइ यस.यल म्युजिक युटुव च्यानल बाट सार्वजनिक गरिएको छ । हेर्नुस भिडियोमा झिम झिम परेलीः

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...