Admission Open

सीता सिङ्गकको ”विश्वास” सार्वजनिक 

काठमाडौँ : फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका प्रेमील जोडि विच प्रेमको भावलाई निकै आकर्षक रुपमा ब्यक्त गरिएको छ । आधुनिक लयमा सिर्जित गीतको रचना गीतकार लीला सिङ्गक लेखेकी हुन् ।

एकान्त आङ्देम्बेले गीतमा संगीत दिएका छन् । प्रेमिल जोडीहरूमा हुने आपसी विश्वासले दिने आत्मीयता र अविश्वासले ल्याउज सक्ने अविश्वासका कुरा प्रतिविम्बित भएको गीतको म्युजिक भिडियो आम दर्शक तथा स्रोता माझमा ल्याउन पाउदा आफु निकै खुशी भएको गायिका सीताले बताइन । राजु कार्कीको एरेन्ज । मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् । त्यस्तै, मेकअप आर्टिस्टमा वनेम मिङ्सारा र प्रकाशमा सञ्जोग र धिरेनले साथ दिएका छन् । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा गीतमा गायिका आफैँले अभिनय गरेकी छिन् ।

”विश्वास”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...