Admission Open

दृष्टिविहीन अनलाइन शिक्षाबाट वञ्चित    

झापा : झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् ।

संवाद समूहले मङ्गलबार विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताउनुभयो ।

जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले बताउनुभयो ।

सडकपेटीमा गीत सुनाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन र अपाङ्गता भएकाले उत्पादन गरेको फिनेल, हार्पिक, अगरबत्ती, कुचोजस्ता घरायसी सामग्री निषेधाज्ञाका कारण बिक्री गर्न नपाउँदा हाल भोकभोकैपर्ने अवस्था आएको कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सिर्जना बरालले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...