Organ Donation

Organ Donation

गरिमा ज्ञवालीलाई, मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि

न्यूयोर्क : न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् ।यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका-२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेत उपस्थित थिए । सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए । बिजेता गरिमाले केही गीत स्वर भर्ने संगै मोडलिङ्ग समेत गरेकी छिन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...