Organ Donation

Organ Donation

भन्सार शुल्कबापत रु ५१ करोड ५३ लाख ३० हजार राजस्व आर्जन


रसुवा : रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत रु ५१ करोड ५३ लाख ३० हजार राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करिब रु १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ । नेपालमा निर्माणाधीन जलविद्युत्का उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवं अक्सिजन उत्पादनका उपकरण तथा सिलिण्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ । सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारीबीच गत वर्ष मतेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।

कोरोना सङ्क्रमणबाट सुरक्षित रहनका लागि सीमा क्षेत्रमा स्वास्थ्यको पूर्ण मापदण्ड अपनाए र क्वारेन्टिनमा बसेका सवारी चालक तथा कामदार मात्र परिचालन गरिएकाले पूर्ववत्रूपमा सामग्री पठाइदिन समकक्षी छिमेकी अधिकारीलाई आग्रह गरे पनि कार्यान्वयन हुन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...