Admission Open

किरण गजमेरले जिते ‘द भ्वाइज अफ नेपाल सिजन ३’ को उपाधि

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । फाइनलमा किरणसँगै बाग्लुङकी तारा श्रीष मगर, दार्जलिङका आर्यन तामाङ र ज्वाला भिडेका थिए भने टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले उपाधि जिते । जितसँगै उनले नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन्। अन्य तीनजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन्।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।

‘मैले अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’ किरणले उपाधि जितेपछि आफूलाई भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिंदै भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...