Admission Open

वर पीपल बचाउ अभियान   

भोजपुर : डिभिजन वन कार्यालयले वर , पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका त्यस्ता रुख मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।

वरपीपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो ।

धेरै मात्रामा वर, पीपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रम समेत रोकिने कार्यालयको दाबी छ । वर पीपलको फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने कार्यालयका प्रमुख विष्णुप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै वर्ष पुराना वर, पीपलका रूखहरु मासिँदै गएका छन् । अधिकांश ठाउँमा वर, पीपलका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्ष रुपमा हानि पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रुपमा सञ्चालन गर्नेले लक्ष्यका साथ विस्तार गरिरहेका छौँ ।”

त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनहरुमा फलफूलजन्य बिरुवा तथा इक्कुस रोपनलाई ध्यान दिन आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा बाँदरले कम क्षति गर्ने कार्यालयको भनाइ छ । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरुलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक छ । वन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । यसैले पनि हामीले खुल्ला क्षेत्रमा वर, पीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...