Admission Open

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद   

नवलपुर : भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिनुभयो । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उहाँको भनाइ छ ।

भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...