Admission Open

नेपालमा गएको २४ घण्टामा ४ हजार १०७ जना कोरोना संक्रमित , ३५ जनाको निधन

काठमाडौं, २० साउन : नेपालमा गएको २४ घण्टामा ४ हजार १०७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ३५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...