Admission Open

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, १८ साउन : शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन बाँकी कोटामा मन्त्रीहरुको टुंगो लगाउन आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आजको बैठकमा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।

वर्तमान सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् भने अव बिस्तार हुने मन्त्रीमण्डलमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम अग्रपंतिमा रहेको बुझिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...